ओटाकु जात्राको अफिसियल स्मार्टफोन पार्टनर रियलमी

बिहीबार, चैत ३०, २०७९

काठमाडौं–लोकप्रिय स्मार्टफोन ब्रान्ड रियलमीले ओटाकु जात्रामा सहप्रायोजन गरेको छ । ओटाकु जात्रा एनमी, कमिक्स, गेम र पप कल्चर प्रेमीहरुको लागि सबैभन्दा ठुलो फेस्ट हो ।

यो वर्ष ओटाकु जात्रा शुक्रबार नववर्षको दिन वैशाख १ मा दरबारमार्ग स्थित अन्नपूर्ण होटलमा हुँदैछ । एनमी, म्याङा र गेमिङमा रुची राख्नेहरुको लागि ओटाकु जात्रा नेपालकै ठुलो सबैभन्दा इभेन्ट हो । विगत केही वर्षदेखि हरेक वर्ष आयोजना भईरहेको यस इभेन्टमा कस्प्ले प्रतियोगिता, गेमिङ टुर्नामेन्ट, वर्कशपको साथ–साथै लोकप्रिय एनमी र म्याङा आर्टिस्टहरुको कला प्रदर्शन पनि हुने गर्दछ ।

ओटाकु जात्राको सह–प्रायोजकको साथ–साथै रियलमी यस इभेन्टको अफिसियल स्मार्टफोन पार्ट्नर हो । यस इभेन्टमा रियलमीले आफ्ना रियल फ्यानहरुको लागि विभिन्न रमाइला गेमिङ कार्यक्रमहरु र अन्य अन्तरक्रियात्मक कार्यक्रमहरु पनि गर्दैछ ।

यस बारेमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले, ‘ओटाकु जात्रासँग सहकार्य गर्न पाउँदा हामीलाई अत्यन्तै खुशी लागेको छ । ओटाकु जात्राले जसरी एनमी र म्याङा कल्चरलाई प्रवद्र्धन र सेलेब्रेट गर्दै आइरहेको छ, यो एकदमै प्रशंसनीय छ । रियलमीको उपभोक्ताहरु नै रियलमीको वास्तविक परिचय हुन र यो हाम्रो लागि उहाँहरुसँग अन्तरक्रिया गर्ने र वहाँहरुलाई बुझ्ने सुनौलो अवसर हो । आशा छ यस सहकार्यले हामी र हाम्रो रियल फ्यानहरुसँगको सम्बन्ध अझ नजिक बनाउने अवसर प्रदान गर्नेछ ।’

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  ११:३०
प्रतिक्रिया दिनुहोस्