नव वर्ष उत्सवका लागि लागि प्रभु बैंक र दराजबीच सम्झौता

बिहीबार, चैत ३०, २०७९

काठमाडौं–प्रभु बैंक लिमिटेडले आफ्ना भिजा कार्ड बाहक ग्राहकहरूलाई नव वर्ष उत्सव २०८० को छुट उपलब्ध गराउने उद्देश्यले दराज नेपालसँग सम्झौता गरेको छ ।

यो योजना चैत २८ देखि लागू भएको जानकारी दिँदै बैंकले सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत रश्मी पन्त र दराज नेपालका तर्फबाट भुक्तानी प्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गरेको जनाएको छ ।

यो सम्झौता अनुसार ग्राहकले अप्रिल ११ देखि १४ सम्म डेबिट कार्ड मार्फत प्रीपेमेन्टमा ८ प्रतिशत वा अधिकतम रु ७५० बराबरको छुट पाउनेछन  । यसैगरी क्रेडिट कार्ड मार्फत १० प्रतिशत वा अधिकतम १००० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

त्यसैगरी ग्राहकहरुले २०२३ अप्रिल १५ देखि २० सम्म २० प्रतिशत वा अधिकतम रु २०० सम्मको छुट पाउन सक्नेछन् । उक्त अफर र छुट पाउनको लागि दराज प्रयोगकर्ताहरुले आफ्नो बैंक कार्ड गर्नुपर्ने बैंकले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १०:५८
प्रतिक्रिया दिनुहोस्