अर्थतन्त्र दबाबमा छ : अर्थमन्त्री महत

मंगलबार, चैत २८, २०७९

काठमाडौं– अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्र दबाबमा रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा.महतले  सरकार र अर्थमन्त्रालय यसलाई गम्भीरताका साथ लिएको बताए ।

उनले एकदमै निराश हुनुपर्ने अवस्था नभएको स्पष्ट पारे ।

‘अर्थतन्त्रमा केही दबाब परेको छ । केही अप्ठ्याराहरू सृजना भएका छन्।  सरकार र अर्थमन्त्रालय र म स्वयं यसलाई गम्भीरताका साथ लिएका छौं । तर निराश हुनुपर्ने कारण छैन’, अर्थमन्त्री महतले भने । अर्थतन्त्र सुधारको लागि सरकारले अल्पकालीन र दीर्घकालीन नीति बनाउन लगेको बताए ।

उनले सरकारको पूँजीगत खर्च प्रभावकारी बनाउने अल्पकालीन र दिर्घकालीन उपायहरू अपनाउनुपर्ने बताए । अन्तर्राष्ट्रिय परिस्थित सामान्य भयो भने नेपालमा आर्थिक वातावरण सृजना गरेर अर्थतन्त्रमा देखिएका समस्या हल गर्न सक्ने उनले विश्वास दिलाए 

उनले लगानीको वातावरण सहज बनाउन सरकार कटिवद्ध रहेको पनि बताए । अर्थमन्त्री महतले बाह्य संचिति राम्रो रहेको बताए । 

महतले ऋण लिएर तिर्दिनँ भन्नु गलत भएको उल्लेख गरे ।  

अर्थमन्त्री महत चालु खर्च बढाउन सरकार र निजी क्षेत्र समन्वय आवश्यक रहेको औँल्याए ।
 

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १२:४९
प्रतिक्रिया दिनुहोस्