नेदरल्यान्ड्सको फुटबल संघले भन्यो– खेलाडी र रेफ्रीमाथि कुनै वस्तु प्रहार भए खेल रद्द गरिन्छ
काठमाडौँ– नेदरल्यान्ड्सको फुटबल फेडेरेसनले फुटबल खेल दौरान खेलाडी वा रेफ्रीहरूाथि दर्शकहरूले कुनै पनि वस्तु प्रहार भएका खेल रद्द गरिने जनाएको छ ।
संघले हालै एक विज्ञप्ति जारी गर्दै आफ्नो देशमा भएका खेलमा खेलाडी र रेफ्रीलक्षित आक्रमण भएमा खेल रद्द गरिने जनाएको हो ।
डच कपअन्तर्गत बुधबार भएको सेमिफाइनलमा खेलाडीमाथि विपक्षी क्लबका समर्थकले आक्रमण गरेका थिए ।
फियेनुर्डविरुद्धको खेलमा आयाक्सका मिडफिल्डर डेभी क्लासेनको टाउकोमा लाइटर प्रहार भएको थियो । जसका कारण खेल करिब ३० मिनेट रोकिएको थियो ।
प्रहरीले आक्रमणको आरोपमा २३ जनालाई पक्राउ गरेको डच सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९ ०९:३४
प्रतिक्रिया दिनुहोस्