मोटरहेडको नयाँ वर्ष अफर : सुपर सवारी २०८०

बिहीबार, चैत २३, २०७९

काठमाडौं–मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एस.एल.आर टेक्नो एण्ड टे«ड प्रा.लि.ले नयाँ वर्ष २०८० लाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ । २०२१ मोडल तथा त्यस मुनिका मोडलहरुमा स्टक क्लिएरेन्स अफर कायम राख्दै कम्पनीले आफ्ना २०२२ मोडलका वाइकहरुमा ‘सुपर पावर २०८०, नयाँ वर्ष सुरक्षा र सुविधा हाम्रो, सवारी तपाईंको’ नामक अफर २४ चैतदेखि उपलब्ध गराउँदै छ ।

कम्पनीले सबै प्रकारका खरीद प्रक्रियामा उत्साहित अफर समेटदै नगद÷फाइनान्स र एक्सचेन्ज खरीद प्रक्रियामा विभिन्न लाभमूलक अफर ल्याएको छ जसमा नगद खरीद गरे वापत ग्राहकले मोटरहेडका कुनै २०२२ का मोडलमा २०८०/८१ सम्मको कर छुट तथा पूर्ण बीमाको सुविधा लिन सकिने, फाइनान्स खरीदमा आफूले खरीद गरेको वाइकको पूर्ण बीमा ग्राहकले कम्पनीबाटै सुविधा पाइने तथा सट्टापट्टा गरी लिँदा ग्राहकले आफ्नो पुरानो वाइकको बजार मुल्याङकनमा कम्पनीबाट थप १५ हजार रुपैयाको मुल्याङकन अफर स्वरुप प्राप्त गरी नयाँ वाइक लिन सकिने छ । यसका साथै खरीद प्रकार जे–जस्तो भएता पनि यस ब्राण्डका वाइक खरीद कर्ताले कम्पनीको तर्फबाट फूल हेल्मेट निःशुल्क पाउन सक्ने हुँदा यो अफर पूर्ण रुपले ग्राहकमुखी भएको देखिन्छ ।

मेटरहेडका ६ मोडल र देशका विभिन्न प्रमुख सहरहरुमा सेल्स, सर्भिस तथा पार्ट्सको सुविधा सहित डिलर रहेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १७:१९
प्रतिक्रिया दिनुहोस्