शहीद स्मारमा थ्रीस्टार र मछिन्द्र विजयी
काठमाडौं –शहीद स्मारक ए डिभिजन लिगमा थ्रीस्टाले त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० ले पराजित गरेको छ ।
नाइजेरियन खेलाडी अजयी मार्टिन्सले गरेको एक मात्र गोलमा थ्रीस्टार विजयी भएको हो ।
ललितपुरको च्यासल मैदानमा भएको खेलमा मार्टिन्सले १६ औं मिनेटमा गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए ।
थ्रीस्टारलाई ३ अंक दिलाउन त्यही गोल निर्णायक बन्यो । तेस्रो जितपछि थ्रीस्टार १० अंक जोडेर छैटौं स्थानमा उक्लेको छ ।
यस सिजन दोस्रो हार बेहोरेको आर्मी ६ खेलबाट ८ अंकसहित आठौं स्थानमा झरेको छ ।
यस्तै अर्को खेलमा घर्तिमगरले इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गरेपछि मछिन्द्र क्लबले हार टारेको छ ।
साविक विजेता मछिन्द्रले एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा हिमालयन शेर्पा क्लबसँग १–१ गोलको बराबरी खेल्दै हार टारेको हो ।
खेलको ८६ मिनेटमा सत्यम शर्माको गोलबाट शेर्पाले अग्रता लिएको थियो ।
तर मछिन्द्रका लागि विमलले इन्जुरी टाइमको पाँचौ मिनेटमा बराबरी गोल फर्काउन सफल भए ।
बराबरीसँगै शेर्पा ६ अंकसहित नवौं स्थानमा छ । दशौं स्थानमा मछिन्द्रको ६ अंक नै छ ।