यस्तो बन्यो रामचन्द्र संघईको प्यानल

आइतबार, चैत १९, २०७९

काठमाडौँ– निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मी बढेको छ । महासंघको नेतृत्वमा पुग्न चाहने उद्यमी व्यवसायीहरु आ–आफ्नो प्यानल बनाएर उम्मेदवारी दर्तामा लागेका छन् ।

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष बनेको व्यक्ति अर्काे कार्यकालको लागि स्वतः अध्यक्ष बन्न पाउँछ । त्यसैले महासंघको प्रत्यक महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदको निर्वाचन बढी पेचिलो हुने गरेको छ ।

यसपाली भने वरिष्ठ उपाध्यक्ष पदमा उपाध्यक्षहरु अन्जन श्रेष्ठ र रामचन्द्र संघाई चुनावी प्रतिस्पर्धामा छन् । यस्तै, महासंघका पूर्व उपाध्यक्ष उमेश श्रेष्ठ पनि वरिष्ठ उपाध्यक्ष पदको निर्वाचनमा प्रत्यासी बन्दैछन् ।

अहिले महासंघको वस्तुगत तर्फको उपाध्यक्ष रहेका अन्जन श्रेष्ठले आफ्नो प्यानल बनाइसकेका छन् । अर्का उपाध्यक्ष रामचन्द्र संघईले भने हालै मात्र प्यानल घोषणा गरेका हुन् ।

संघईको प्यालनबाट सुरकृष्ण वैद्य जिल्ला नगर उपाध्यक्ष र वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचन उम्मेदवार बन्ने भएका छन् । यस्तै, एसोसिएट उपाध्यक्ष भने ज्योत्स्ना श्रेष्ठ संघाईको प्यानलमा परेकी छन् ।

संघईले आज उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । महासंघले आजदेखि नयाँ कार्यकालको लागि उम्मेदवारी दर्ता खुल्ला गरेको हो । निर्वाचन भने चैत २८ र २९ गते हुनेछ । 

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित हुनको लागि कुल मतदाताको कम्तिमा ५० प्रतिशतभन्दा बढी मत ल्याउनु पर्छ । यसैकारण ३ जना उम्मेदवार चुनावी मैदानमा रहे र कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नल्याएमा बढी मत ल्याउने २ उम्मेदवारबीच दोस्रो चरणको चुनाव हुनेछ ।

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १६:४६
प्रतिक्रिया दिनुहोस्