प्रभु बैंकले दियो विद्यार्थीहरुलाई बैंकिङ्ग ज्ञान

बिहीबार, चैत ९, २०७९

काठमाडौँ– प्रभु बैंकले दुई दिने स्थलगत अवलोकन भ्रमणमा विद्यार्थीहरुलाई बैंकिङ्ग ज्ञान प्रदान गरेको छ ।

बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा दुई दिने स्थलगत अवलोकन भ्रमणमा आएका ललितपुरस्थित प्रसादी एकेडेमीका कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुलाई बैंकिङ्ग साक्षरता (ज्ञान) प्रदान गरेको हो ।

बैंकको प्रधान कार्यालय र बैंकबाट सञ्चालन तथा सम्पादन हुने विभिन्न क्रियाकलापहरुको अवलोकन तथा अध्ययनका लागि सय जना विद्यार्थीहरुलाई विभिन्न समुहमा विभाजन गरी बैंकको विभिन्न विभागहरुको स्थलगत अवलोकन गराइएको थियो  । 

उक्त अवसरमा विद्यार्थीहरुले प्रमुख कार्यकारी अधिकृत समक्षविभिन्न किसिमका बैंकिङ्ग तथा वित्तीय जिज्ञाशाहरु समेत राखेका थिए ।

दुई दिने स्थलगत अवलोकनमा विद्यार्थीहरुको जिज्ञासालाई बैंकका बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र नायब प्रमुख कार्यकारी अधिकृत मनीराम पोखरेलले प्रकाश पारेका थिए । 

प्रभु बैंक लिमिटेडले विभिन्न सामाजिक क्रियाकलापहरुमा सहभागी हुँदै सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउँदै नेपालको शिक्षा क्षेत्रमा समेत आर्थिक, शैक्षिक लगायतको सहयोग उपलब्ध गराउँदै आएको छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १८:३७
प्रतिक्रिया दिनुहोस्