१५.७६ अंकले घट्यो सेयर, १ अर्ब ३३ करोडको कारोबार

बुधबार, चैत ८, २०७९

काठमाडौँ– साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १५.७६ अंकले घटेको छ । आज ०.८१ प्रतिशतले घटेको सेयर बजारमा ३७ लाख ७७ हजार ४०० कित्ता सेयर किनबेचबाट १ अर्ब ३३ करोड बराबरको कारोबार भएको छ ।

आज १९६२ बिन्दुसम्म पुगेको सेयर बजार अन्तिममा १९३३.२९ बिन्दुमा आएर रोकिएको छ । 

बुधबारको कारोबारमा १६६ कम्पनीको सेयर मूल्य घटेको छ भने ३८ कम्पनीको सेयर मूल्य मात्र बढेको छ । १० कम्पनीको सेयर मूल्यमा भने परिवर्तन नभएको नेप्सेले जनाएको छ ।

सेयर बजार घटे पनि मायाखोला हाइड्रोपावर कम्पनीले सबैभन्दा बढी ९.९८ प्रतिशतको नाफा कमायो । त्यस्तै, सर्पोट लघुवित्त वित्तिय संस्था लिमिटेड र एनएमबी ५० ले ५ प्रतिशतभन्दा बढीले नाफा बुक गरे ।

त्यस्तै बोटलर्स नेपाल लिमिटेड कम्पनीले भने ७.६२ प्रतिशतले घाटा ब्यहोर्यो । नेपाल लाइफ इन्सोरेन्स लिमिटेडले सबैभन्दा बढी कारोबार गरेको छ । उक्त कम्पनीले ९ करोड १९ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल लाइफ इन्सोरेन्स लिमिटेडकै सबैभन्दा बढी कित्ता सेयर किनबेच भएको छ । कम्पनीको १ लाख ४१ हजार २३६ कित्ता सेयर किनबेच भयो । सबैभन्दा बढी सुपर मादी हाइड्रोपावर लिमिटेडको १४७२ पटक सेयर कारोबार भएको छ ।

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १५:५३
प्रतिक्रिया दिनुहोस्