विश्वकपको अन्तिम छनोटमा स्थान बनाएको नेपाली क्रिकेट टोलीका खेलाडीलाई जनही ३ लाख दिने सरकारको घोषणा

शुक्रबार, चैत ३, २०७९

काठमाडौँ– एकदिवसीय (ओडिआई) विश्वकपको अन्तिम छनोटमा स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही तीन लाख रुपैयाँ दिन सरकारले घोषणा गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान यस्तो घोषणा गरेका हुन् ।

‘विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दै प्रतिखेलाडी रू तीन लाख पुरस्कारको घोषणा गर्दछु,’ प्रधाननमन्त्री प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन् ।

नेपालले बिहीबार घरेलु मैदानमा युएईलाई हराउँदै विश्वकपको अन्तिम छनोटमा स्थान बनाएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १०:०१
प्रतिक्रिया दिनुहोस्