युएईद्वारा नेपालसामु ३११ रनको विशाल लक्ष्य प्रस्तुत 

बिहीबार, चैत २, २०७९

काठमाडौँ– आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत जारी खेलमा युएईले नेपाललाई ३११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा मात्र ६ विकेटको क्षतिमा ३१० रन बनाएको छ ।

युएईका ब्याटरले विष्फोटक ब्याटिङ गरेका थिए ।

आसिफ खानले ४२ बलमै शतकसहित अविजित १०१ रन प्रहार गरेका थिए । यस्तै, ब्रित्य अरविन्दले ९४ रन बनाए ।

यता, नेपालका बलर भने युएईका ब्याटरसामु निरीह बनेका थिए ।

दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजबंशीबाहेक अन्य बलर सबै नराम्ररी चुटिए ।

दीपेन्द्रले २ तथा ललित, सोमपाल र सन्दीप लामिछानेले समान १ विकेट लिए ।
 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १३:१९
प्रतिक्रिया दिनुहोस्