युएईविरुद्ध नेपाललाई पाँचौ सफलता

बिहीबार, चैत २, २०७९

काठमाडौँ– आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत युएईविरुद्ध जारी खेलमा नेपाललाई पाँचौ सफलता मिलेको छ ।

दीपेन्द्रसिंह ऐरीले नेपाललाई पाँचौ सफलता दिलाएका हुन् । चौथो विकेट पनि उनले नै लिएका थिए ।

पाँचौ विकेट गुमाउँदा युएईले ३७.३ ओभरमा १७५ रन बनाएको छ ।

यसअघि पहिलो विकेट ललितनारायण राजबंशी र दोस्रो सन्दीप लामिछानेले लिएका हुन् । तेस्रो विकेट रनआउट थियो ।
 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १२:१२
प्रतिक्रिया दिनुहोस्