युएईविरुद्ध दीपेन्द्रले दिलाए नेपाललाई चौथो सफलता

बिहीबार, चैत २, २०७९

काठमाडौँ– आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत युएईविरुद्ध जारी खेलमा नेपाललाई चौथो सफलता मिलेको छ ।

दीपेन्द्रसिंह ऐरीले नेपाललाई चौथो सफलता दिलाएका हुन् । चौथो विकेट गुमाउँदा युएईले २६.१ ओभरमा १२८ रन बनाएको छ ।

यसअघि पहिलो विकेट ललितनारायण राजबंशी र दोस्रो सन्दीप लामिछानेले लिएका हुन् । तेस्रो विकेट रनआउट थियो ।
 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  ११:३१
प्रतिक्रिया दिनुहोस्