हेटौँडामा आइकन सफ्ट क्यान इन्फोटेक भोलि

बुधबार, चैत १, २०७९

हेटौंडा– कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) मकवानपुरको आयोजनामा बिहीबारदेखि हेटौँडामा बागमती स्तरीय आइकन सफ्ट क्यान इन्फोटेक २०२३ हुने भएको छ ।

क्यान महासंघ मकवानपुर जिल्ला शाखाले २०६३ सालदेखि ६ पटक इन्फो–टेक अर्थात् सूचना प्रविधि प्रदर्शनी आयोजना गरिसकेको छ । 

यसपटक पनि त्यसैको निरन्तरतासहित बागमती स्तरीय आइकन सफ्ट क्यान इन्फोटेक २०२३ को आयोजना गरेको हो ।

६ चैतसम्म रोयल पार्टी प्यालेसमा चल्ने प्रदर्शनीमा राष्ट्रिय स्तरको रोबोटिक प्रतियोगितात्मक प्रदर्शनी पनि गरिने छ । यस्तै प्रदर्शनीमा पब्जी टिडिएम गेमिङ टुर्नामेन्टसमेत रहेको छ । 

यसका साथै प्रदर्शनीमा विभिन्न विद्यालयहरूले नवीनतम सिर्जना प्रस्तुत गर्ने छन् । 
 

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १५:३१
प्रतिक्रिया दिनुहोस्