नेपालको ओडिआई वरीयता सुधार, नामिबियालाई पछि पार्‍यो

बुधबार, चैत १, २०७९

काठमाडौँ– पछिल्लो समय लयमा रहेको नेपाल राष्ट्रिय क्रिकेट टाेलीले आइसिसी एकदिवसीय (ओडिआई) वरीयतामा सुधार गरेको छ । सुधार गर्दै नेपाल एक स्थान माथि उक्लिएको छ ।

आइसिसीले मंगलबार जारी गरेको ओडिआई वरीयतामामा नेपालले एक स्थान सुधार गर्दै नामिबियालाई पछि पारेको छ ।

नेपाल एक स्थान सुधार गर्दै १६औँ स्थानमा उकिलएको छ । यससँगै नामिबिया भने १७औँ स्थानमा झरेको छ । 

केही दिनअघि मात्रै नेपाल १९औँ स्थानबाट १७औँ स्थानमा उक्लेको थियो । 

जारी क्रिकेट विश्वकप लिग– २ मा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले ओडिआई मान्यता जोगाइसकेको छ ।

नेपालले लिग–२ मा ११ खेल खेल्दा १० मा जित हासिल गरेको छ ।

अब बिहीबार नेपालले युएईलाई जिते सिधैँ विश्वकप छनोट खेल्न पाउने छ ।

एसोसिएट राष्ट्रहरूमध्ये नेपालभन्दा अघि स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमान छन् 

ओडिआई वरीयताको शीर्ष स्थानमा भारत छ ।

हेरौँ वरीयता :

Capture1678853620.JPGicc1678853636.JPG

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  ०९:५४
प्रतिक्रिया दिनुहोस्