इन्टर मिलान १२ वर्षपछि च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

बुधबार, चैत १, २०७९

काठमाडौँ– इटालियन क्लब इन्टर मिलान १२ वर्षपछि युइएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

प्रि–क्वार्टरफाइनलमा पोर्चुगिज क्लब एफसी पोर्टाेलाई पराजित गर्दै इन्टर सन् २०११ पछि क्वार्टरफाइनलमा पुगेको हो ।

गएराति दोस्रो लेगमा घरेलु टोली पोर्टोलाई गोलरहित बराबरीमा रोकेपछि इन्टरले अन्तिम ८ को यात्रा बनाएको हो । इन्टरले पहिले लेग १–० ले जितेको थियो । यसर्थ, समग्रमा १–० को नतिजा निकाल्दै उसले क्वार्टरफाइनल यात्रा तय गर्यो । 

ब्राजिली विंगर पेपे रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पोर्टाे अन्तिम समयमा १० खेलाडीमा सीमित भएको थियो । यसको फाइादा इनटरले उठाउन सफल भयो ।

गएराति भएकै अर्को खेलमा जर्मन क्लब आरबी लाइप्जिगलाई ७–० तथा समग्रमा ८–१ ले पराजित गर्दै इंग्लिस क्लब म्यानचेस्टर सिटी क्वार्टरफाइनलामा प्रवेश गरिसकेको छ ।

अब क्वार्टरफाइनल पुग्ने अन्तिम दुई टोलीको टुंगो लाग्न बाँकी छ । 


 

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  ०८:१७
प्रतिक्रिया दिनुहोस्