नेपाल उद्योग वणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उपाध्यक्ष अञ्जन श्रेष्ठले उम्मेवारी दिने

मंगलबार, फागुन ३०, २०७९

काठमाडौं–नेपाल उद्योग वणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेवारी घोषणा गरेका छन् । महासंघको २८ र २९ चैतमा हुने साधारणसभा तथा निर्वाचनमा श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेवारी दिने घोषणा गरेका हुन ।

उनले देशभित्र नै व्यवसायिक र लगानी सुरक्षाको वातावरण बनाउन निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिने घोषणा गरेको बताए । उपाध्यक्ष श्रेष्ठले भने, ‘परिवर्तनशील समयअनुकुल नीति निर्माण गर्न पनि मेरो उम्मेदवारी रहन्छ ।’

चीन र भारतको व्यापारमा जुन गतिमा विकास भएको छ त्यस गतिमा नेपाल जान सकेन भने उत्पादक देशभन्दा पनि बजारका रूपमा मात्रै विकास हुने उनको धारणा छ ।

सङ्गठन विस्तार गर्न आफ्नो २० वर्षको अनुभवले सहज हुने दाबी गर्दै निर्वाचनमा सबैले आफूलाई मतदान गरी निर्वाचित गराउने बताए ।  

श्रेष्ठले पछिल्लो समय उद्योग वाणिज्य महासंघले साना व्यवसायीहरूका मुद्दालाई उठाएन भन्ने आरोप लाग्न नदिने बताए । 

महासङ्घको विभिन्न उद्योग, राजश्व समिति र रोजगारदाता परिषदमा बसेर काम गरेकाले त्यस अनुभवलाई लिएर अगाडि बढ्ने यनले प्रतिवद्धता जनाए ।

उनले पछिल्लो समय बैंकको ब्याजदरको कारण व्यवसायी मर्कामा रहेको भन्दै बैंकको ब्याजदर कम गर्ने विषयमा गम्भीर भएर लाग्ने पनि बताए ।

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १४:५९
प्रतिक्रिया दिनुहोस्