चलचित्र आरआरआरको गीत ‘नाटू–नाटू’ले जित्यो ओस्कर अवार्ड

सोमबार, फागुन २९, २०७९

काठमाडौँ– भारतीय चलचित्र आरआरआरको गीत ‘नाटू–नाटू’ले ‘बेस्ट ओरिजनल सङ्स’ क्याटेगोरीमा ओस्कर अवार्ड जितेको छ ।

एसएस राजामौलीको फिल्म आरआरआरको ‘नाटू–नाटू’ भारतीय प्रोडक्सनमा बनेको पहिलो गीतले ओस्कर अवार्ड जितेको हो ।

दक्षिण भारतीय चलचित्र आरआरआरमा अत्याधिक रुचाइएको गीत ‘नाटू–नाटू’को हिन्दि भर्सनमा ‘नाचो–नाचो’ रहेको छ । 

दर्शकले धेरै मन पराएको ‘नाटू–नाटू’ गीतमा ओस्करको मञ्चमा फर्फर्म पनि गरिएको थियो ।

यसअघि गोल्डेन ग्लोबको ८०औं संस्करणमा ‘नाटू–नाटू’ गीतले ‘बेस्ट ओरिजिनलन सङ्स मोसन पिक्चर’ को अवार्ड पनि जितिसकेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  २०:०२
प्रतिक्रिया दिनुहोस्