राष्ट्र बैंकविरुद्ध उद्योगी व्यवसायी आन्दाेलित

सोमबार, फागुन २९, २०७९

काठमाडौँ– विभिन्न माग राख्दै आन्दोलनरत उद्योगी व्यवसायीहरूले राष्ट्र बैंकविरुद्ध प्रदर्शन गरेका छन् ।

बैंकको ब्याजदरलाई एकल अंकमा झार्न माग गर्दै आन्दोलन गरिरहेका व्यवसायीहरूले सोमबार काठमाडौँको बालुवाटार क्षेत्रमा राष्ट्र बैंकविरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले उच्च सेवा शुल्क बन्द गर, प्रिमियम दर वृद्धि नियन्त्रण गर, बैकिङ आतंक बन्द गर लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

काठमाडौँ उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठले प्रिमियम दर वृद्धि गरेर व्यवसायीहरूलाई समस्यामा पार्ने काम भएकाले विरोध गर्नुपरेको बताए ।

उनले आर्थिक नीतिलाई सही अवस्थामा ल्याउन राष्ट्र बैंकले प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखे । 

व्यवसायीहरूले ब्याजदरलाई एकल अंकमा झार्नुपर्ने, आधार दर प्रिमियममा बढीमा २ प्रतिशत हुनुपर्ने, चालु पुँजी निर्देशिका खारेज गरी व्यावहारिक निर्देशिका बनाइनुपर्ने लगायत माग राख्दै आन्दोलन गरिरहेका छन् ।
 

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १५:४८
प्रतिक्रिया दिनुहोस्