५३ रन बनाउँदा ७ विकेट गुमायो युएइले

आइतबार, फागुन २८, २०७९

काठमाडौँ– आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी खेलमा युएईले ७ विकेट गुमाएको छ । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दा युएईले टीमको स्कोर ५३ रन बनाउँदा ७ विकेट गुमाएको हो ।

नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएईले १८ ओभरमा ७ विकेट गुमाएको हो । सातौं विकेट सन्दीप लामिछानेले लिए । ललित राजवंशीले आजको खेलमा ३ विकेट लिइसकेका छन् । लामिछानेले २ तथा दीपेन्द्रसिंह ऐरी र सोमपालका कामीले १/१ विकेट लिए ।

१८ औं ओभरको खेल सकिँदा युएईले ५३ रन बनाएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १४:५२
प्रतिक्रिया दिनुहोस्