नेपालको उत्कृष्ट बलिङ : ६ ओभरमा युएईले गुमायाे ४ विकेट

आइतबार, फागुन २८, २०७९

काठमाडौँ– आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी खेलमा युएईले ४ विकेट गुमाएको छ ।

नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएईले ६ ओभरमा ४ विकेट गुमाएको हो । चौथो विकेट सोमपाल कामीले लिए भने त्यसअघि ललित राजवंशीले २ विकेट र दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।
 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १४:१९
प्रतिक्रिया दिनुहोस्