पिएनजीद्वारा युएईलाई २४७ रनको लक्ष्य

शुक्रबार, फागुन २६, २०७९

काठमाडौँ– आइसिसी विश्वकप लिग–२ को अन्तिम त्रिदेशीय सिरिजअन्तर्गत पपुवा न्युगिनी (पिनजी) ले युएईलाई २४७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पिएनजीले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा २४६ रनको योगफल तयार गर्यो ।

पिएनजीका लागि सेसे बाउले अविजित ८१, हिरी हिरीले ७७, किप्लिन डोरिगाले ५५ तथा चाद सोपर र नर्मन भानुवाले सामान १०-१० रन बनाए

बलिङतर्फ युएईका आयान खानले ३, जुनेद सिद्धिकी र जाहोर खानले समान २-२ तथा कार्तिक मैयप्पन र रोहन मुस्ताफाले समान १-१ विकेट लिए ।

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १३:३५
प्रतिक्रिया दिनुहोस्