पिएनजीविरुद्ध टस जितेर फिल्डिङमा युएई

शुक्रबार, फागुन २६, २०७९

काठमाडौँ– आइसिसी क्रिकेट विश्वकप लिग–टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा अहिले संयुक्त अरब इमिरेट्स (युएई) र पपुवा न्युगिनी (पीएनजी)बीच खेल भइरहेको छ ।

दुई टोलीबीचको खेल कीर्तिपुरस्थित टियु मैदानमा बिहान साढे ९ बजेबाट सुरु भएको हो । युएईले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

पहिलो खेलमा नेपालसँग पराजित पिएनजी आजको खेलमा जित निकाल्दै थप २ अंक जोड्न चाहन्छ । 

बिहीबार सिरिजको पहिलो खेलमा पिएनजी नेपालसँग ५२ रनले पराजित भएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  ०९:२८
प्रतिक्रिया दिनुहोस्