आइसीसी विश्वकप लिग २ : नेपालले गुमायो २ विकेट

बिहीबार, फागुन २५, २०७९

काठमाडौँ –आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय शृङ्खलामा पपुवा न्यु गिनीविरुद्ध नेपालले २ विकेट गुमाएको छ । 

ओपनर कुशल भुर्तेल ४५ रन बनाएर आउट भएका छन् । ५६ बल खेलेका उनले ४ चौका हाने । यस्तै ज्ञानेन्द्र मल्ल मात्र एक रन बनाएर आउट भएका छन् । क्रिचमा अहिले आशिफ शेख अर्धशतक बनाउँदै ७० रन बनाएका छन् । उनलाई कौशल मल्लले साथ दिइरहेका छन् ।

नेपालले २२ ओभर सकिँदा २ विकेटको क्षतिमा १२२ रन बनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्