गायक राजेशपायलले प्रेमिकासँग गोप्य रुपमा विवाह गरेको खुलासा

बुधबार, फागुन २४, २०७९

काठमाडौँ– गायक राजेशपायल राईले प्रेमिका साङबुङ राईसँग गोप्य रुपमा विवाह गरेको खुलेको छ ।

गत मंसिर २६ गते काठमाडौँ महानगरपालिका–३१ को वडा कार्यालयमा उनीहरुले विवाह दर्ता गरेको खुलेको हो ।

विवाह दर्ता प्रमाणपत्रमा उनीहरुले गत भदौ १ गते सामाजिक परम्पराअनुसार विवाह गरेको समेत उल्लेख छ । करिब दुई महिनाअगाडि उनीहरुलाई पुत्रलाभ भएको छ ।  उनीहरुको विवाह दर्ता प्रमाणपत्र बुधबार सार्वजनिक भएको हो ।

राजेशपायल र साङबुङ करिब दुई वर्षदेखि गोप्य प्रेम सम्बन्धमा थिए । राजेशपायल उमेरले ४६ वर्षका भए । उनकी श्रीमती साङबुङ भने भर्खर २१ वर्षकी छन् । उनीहरुको उमेरमा २५ वर्षको विशाल अन्तर छ ।

married certificate of rajesh payal rai1678289783.jpeg

 

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  २१:१०
प्रतिक्रिया दिनुहोस्