प्रतिगामी शक्तिको गतिविधि नियन्त्रण गर्न वाइसिएलको माग [ मागपत्रसहित]

मंगलबार, फागुन २३, २०७९

काठमाडौँ– नेकपा माओवादीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल)ले नेपाली जनताको अथक संघर्ष र बलिदानबाट प्राप्त संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध केही अमूक प्रतिगामी शक्तिहरूले केही दिनयता अस्वाभाविक तरिकाले गरिरहेको गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मंगलबार ज्ञापनपत्र बुझाउँदै वाइसिएलले षड्यन्त्रकारी, व्यवस्था विरोधी, अराजक, अस्वाभाविक गतिविधिहरूको नियन्त्रण गर्न र संविधानको रक्षा, विकास र व्यवस्थाको सुदृढीकरणका लागि सरकारसँग माग गरेको हो । 

संगठनले शान्ति प्रक्रियाका बाँकी कामको निरुपण गर्न, द्वन्द्वकालीन घटनाबाट पीडित नागरिक एवं तिनका परिवारलाई न्याय दिन आवश्यक विधेयक निर्माण गरी सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी आयोग गठन गरी संक्रमणकालीन न्यायका बारेमा उठेका विषय निरुपण गर्न, शान्ति प्रक्रियाका बाँकी कामलाई विस्तृत शान्ति सम्झौता र संविधानको भावना र मर्मअनुसार तार्किक निष्कर्षमा पु¥याउन समेत माग गरेको छ । 

‘जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायत व्यवस्था परिवर्तनका क्रममा सहादत प्राप्त गर्ने महान् योद्धाहरूलाई राष्ट्रिय सहिद घोषणा गर्न र तिनका परिवारलाई सम्मानित वातावरणमा बाँच्न सक्ने गरी उचित राहत, क्षतिपूर्ति र व्यवस्थापनका लागि जोडदार माग गर्दछौँ’, ५ बुँदे ज्ञापनपत्रमा भनिएको छ ।

ycl11678184460.png

yy1678184530.png

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १६:०४
प्रतिक्रिया दिनुहोस्