बुधबारसम्म काठमाडौँ आइसक्न सांसदहरुलाई ८ दलको निर्देशन

मंगलबार, फागुन २३, २०७९

काठमाडौँ– सत्तारुढ ८ दलको बैठकले बुधबार बिहान ११ बजेसम्म सांसदहरूलाई काठमाडौँ आइसक्न निर्देशन दिएको छ ।

मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको ८ दलको बैठकले राष्ट्रपति निर्वाचनका लागि सांसदहरूलाई बुधबार बिहान ११ बजेसम्म काठमाडौँ आइपुग्न निर्देशन दिएको हो ।

गठबन्धन कार्यदलका संयोजक एवं कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनका लागि मतदाताहरूलाई बुधबारसम्म काठमाडौं आइपुग्न निर्देशन दिइएको बताए । 

यस्तै, बैठकले शतप्रतिशत भोट खस्ने गरी ८ दलले पहल गर्ने पनि निर्णय गरेको छ । 

राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदै छ । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मंगलबारदेखि निर्वाचन आचारसंहिता लागू गरिसकेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १५:४५
प्रतिक्रिया दिनुहोस्