८ दलीय कार्यदलको बैठक बस्दै

मंगलबार, फागुन २३, २०७९

काठमाडौँ– राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न ८ दलीय कार्यदलको बैठक बस्दै छ ।

बैठक अहिले केहीबेरमा नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको कार्यदलमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरू छन् । 

यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनमा सो गठबन्धनबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल साझा उम्मेदवार छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १४:४४
प्रतिक्रिया दिनुहोस्