माओवादी पृष्ठभूमिका नेताहरूको बैठक सम्पन्न

मंगलबार, फागुन २३, २०७९

काठमाडौँ– माओवादी पृष्ठभूमिका नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सकिएको छ ।

बैठकमा माओवादीले २०५२ मा सुरु गरेको १० वर्षे सशस्त्र युद्धमा सँगै सहभागी भएका माओवादी पृष्ठभूमिका पार्टीहरूको सहभागी थियो ।

बैठकले विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिवाद गर्ने निर्णय गरेको छ ।

संक्रमणकालिन न्यायसँग सम्बन्धित सबै विषयहरू सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमार्फत अगाडि बढाउनुपर्नेमा बैठकले एकमतका साथ शीघ्र कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

विभिन्न समयमा राज्यसँग भएका सम्झौता कार्यान्वयन गर्न बैठकले प्रतिबद्धद्धता जनाएको छ ।

bigyapti1678166002.png

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १०:५७
प्रतिक्रिया दिनुहोस्