माओवादी पृष्ठभूमिका पार्टीहरूको बैठक बालुवाटारमा

मंगलबार, फागुन २३, २०७९

काठमाडौँ– माओवादी पृष्ठभूमिका नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

बैठक केहीबेरअघि सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा माओवादी २०५२ मा सुरु गरेको १० वर्षे सशस्त्र युद्धमा सँगै सहभागी भएका माोवादी पृष्ठभूमिका पार्टीहरूको सहभागी छन् । बैठक बिहान साढे ८ बजेपछि सुरु हुने भनिएको थियो । यद्यपि, बैठक केही ढिलोगरी सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

No description available.

नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही वर्षअघि द्धन्द्धकालमा मारिएका ५ हजारको जिम्मा आफूले लिने बताएका थिए । यसबारे उनले दिएको अभिव्यक्तिविरुद्ध सर्वोच्चमा मुद्दा हाल्न पाइने फैसला हालै भएको थियो ।

यसपछि फागुन २१ मा माओवादी घटकका नेताहरू प्रचण्ड, डा बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लवलगायत एउटै मञ्चमा देखिएका थिए । उनीहरूले जनयुद्धको बचाउ गर्दै सबै मिल्नुपर्ने संकेत गरेका थिए । यसपछि फेरि बैठक बसेको हो । 

बैठकमा प्रधानमन्त्री प्रचण्ड, डा भट्टराई, सिपी गजुरेल, कृष्णबहादुर महरा, देव गुरूङ, खड्गबहादुर विक प्रकाण्ड, विष्णुभक्त दुलाल आहुति, कर्णजित बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायत सहभागी छन् । 

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  ०९:२५
प्रतिक्रिया दिनुहोस्