राष्ट्रपति निर्वाचनका लागि सांसदलाई एमालेकाे प्रशिक्षण

सोमबार, फागुन २२, २०७९

काठमाडौँ- नेकपा एमालेले राष्ट्रपति निर्वाचनका लागि आफ्ना सांसदलाई प्रशिक्षण दिएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा एमालेले आफ्ना सांसदहरूलाई प्रशिक्षण दिएको हो ।

२५ फागुनमा राष्ट्रपति पदको निर्वाचन हुँदै छ । एमालेका सुवास नेम्वाङ र कांग्रेसका रामचन्द्र पौडेल उम्मेदवार छन् । सो निर्वाचनको सोमबार मध्यराति १२ बजेदेखि मौनअवधि सुरु हुँदै छ । 

मौन अवधि सुरु हुनु केही घन्टाअघि एमालेले आफ्ना संघीय र प्रदेश सांसदलाई राष्ट्रपति निर्वाचनबारे प्रशिक्षण दिएको हो ।

राष्ट्रपतिको निर्वाचनमा संघीय र प्रादेशिक सांसद मतदाता रहनेछन् । 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १६:५६
प्रतिक्रिया दिनुहोस्