निर्वाचन प्रणालीमा सुधारको माग

सोमबार, फागुन २२, २०७९

काठमाडौँ- लोकतन्त्र रक्षाका लागि निर्वाचन प्रणालीमा सुधारको माग गर्दै लोकतान्त्रिक नागरिक अभियानले ११ दिनदेखि माइतीघर मण्डलामा रिले अनसन जारी राखेको छ ।

प्राथमिक निर्वाचन, नो भोट र प्रतिनिधि फिर्ता बोलाइनुपर्नेलगायत माग पनि सो अभियानले गरेको छ । 

पूर्ण न्यायसहितको लोकतन्त्र र नेपाली नागरिकलाई मतदानको अधिकारको सुनिश्चितता लगायतका मुद्दा सम्बोधन नभएसम्म अनसन जारी रहने अभियानका संयोजक नन्दराज उपाध्यायले बताए ।

अनसनलाई जय महांकाल युवा समूहले पनि समर्थन जनाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १५:४९
प्रतिक्रिया दिनुहोस्