नेपालको सातौँ विकेट पतन

सोमबार, फागुन २२, २०७९

काठमाडौँ-मध्यक्रमका ब्याटर भीम सार्की ७० रन बनाएर आउट भएका छन् ।
९९ बलको सामना गरेका भीम ७ चौका हान्दै ७० रन बनाएर बोल्ड आउट भए। भीम रोहन मुस्तफाको बलमा बोल्ड भएका हुन् । 

सातौँ विकेटका लागि भीम र आरिफ शेखले ५६ रनको साझेदारी गर्दै नेपालको इनिङस् उकासेका थिए। 

त्यसअघि छैटौँ विकेटका लागि भीम र सन्दीप लामिछानेले ५६ रनकै साझेदारी गरेका थिए।


 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १५:०१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार