एसियन क्रस–कन्ट्री च्याम्पियनसिपको तयारी पूरा

सोमबार, फागुन २२, २०७९

काठमाडौँ-नेपाल एथलेटिक्स संघको आयोजनामा मंगलबार १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसिप हुँदैछ । 

च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा संघले जनाएको छ । गोकर्ण गल्फ रिसोर्टमा च्याम्पियनसिप हुनलागेको हो ।  

च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, चाइनिज ताइपे, हङकङ, भारत, इरान, जापान, काजकास्तान, माल्दिभ्स, पाकिस्तान र थाइल्यान्ड गरि ११ राष्ट्रका ६५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । 

त्यसमा नेपालका सबैभन्दा बढी १९ खेलाडीको सहभागिता रहनेछ । छनोट प्रतियोगिताबाट छानिएका १९ खेलाडीलाई संघले बन्द प्रशिक्षणमा रहेका छन् । 

च्याम्पियनसिपमा सिनियर महिला र पुरुषतर्फ १० किलोमिटर, २० वर्ष मुनिका जुनियर महिलाातर्फ ६ किलोमिटर र २० वर्ष मुनिका जुनियर पुरुषतर्फ ८ किलोमिटर गरि ४ विधामा व्यक्तिगत र टिम इभेन्ट्सहरुमा प्रतिस्पर्धा हुनेछ । नेपालबाट सिनियर महिलामा ४ र बाँकी सबै इभेन्ट्समा समान ५ खेलाडीले च्याम्पियनसिपमा भाग लिनेछन् ।

च्याम्पियनसिपमा राष्ट्रिय खेलकुद परिषद्, बागमती प्रदेश खेलकुद विकास परिषद, सुदूरपश्चिम खेलकुद विकास परिषद्, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, कागेश्वरी मनहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका, एनटिभी प्लसको सहयोग रहेको छ ।

त्यस्तै अन्य सहयोगीमा ग्रान्डी इन्टरनेसनल हस्पिटकल, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, एनएलजी इन्स्योरेन्स, डाबर नेपाल, एमएडब्लू लाइफ जिप, नेपाल टेलिकम, केल्मी, हाम्रो खेलकुद, क्लासी प्रिन्टर, गोल्ड स्टार, जेट्स ट्राभल्स र गोकर्ण गल्फ रिसोर्ट रहेका छन् ।


 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १४:१२
प्रतिक्रिया दिनुहोस्