बालुवाटारमा ८ दलीय गठबन्धनको बैठक जारी

आइतबार, फागुन २१, २०७९

काठमाडौ–प्रधानमन्त्री निवास बालुवाटारमा  ८ दलको बैठक जारी छ । 

बैठकमा राष्ट्रपति निर्वाचनका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले दिएको आदेशबारे छलफल भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । 

त्यसबाहेक सत्तामा पावर शेयरिङको विषयमा पनि बैठकमा छलफल भइरहेको बुझिएको छ । 

मन्त्रिपरिषदका १६ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डकै जिम्मेवारीमा छ । राष्ट्रपतिको निर्वाचन लगत्तै सरकार विस्तारको मनस्थितिमा प्रधानमन्त्री रहेका छन् । 

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १८:१६
प्रतिक्रिया दिनुहोस्