मदन भण्डारीको हत्याबारे छानबिन माग गर्दा २१ जनाको हत्या भएको ओलीको दावी

‘माओवादीको शसस्त्र युद्धले राजतन्त्र हटेको होइन’
आइतबार, फागुन २१, २०७९

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जीवराज आश्रितको हत्यापछि छानबिनको माग गर्दा २१ जनाको हत्या भएको दाबी गरेका छन् ।

आइतबार सुखानी सहिद स्मृति दिवसको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘मदन भण्डारी र जीवराज आश्रितको हत्या भयो । त्यस सम्बन्धमा आयोग बनाएर छानबिन गर्देउ भनेर माग गर्दा मात्रै २१ जनालाई गोली हानेर हत्या गरियो ।’ 

कांग्रेसले डेमोक्रेशी रक्षाको लागि भन्दै मान्छे मार्ने गरेको ओलीले बताए । 

KP_oli_sukhani1678011671.png

‘थुप्रै ठाउँमा देशभरी हत्यो भयो । झापामा डिल्ली गौतमको हत्या भयो । त्यसभन्दा अघि २०३७ साल फागुन १२ गते सिन्धुलीमा ऋषि देवकोटाको हत्या भयो । अरु गोप्य ढंगले अनेक । यसपछि हत्यापछि हत्या भयो’, ओलीले भने, ‘कांग्रेसले डेमेक्रेसीको रक्षाका लागि भन्दै मान्छे मार्न थाल्यो । जनताको जीवनको कुनै मूल्य र अर्थ छैन भन्ने हिसाबले मानिसको हत्या गरियो ।’ 

पहिला एक दुई जनाको हत्या हुँदासमेत हल्ला भइहाल्ने तर, बहुदल आएपछि कांग्रेसले मान्छे मार्दा डेमेक्रेसी भएको ओलीले बताए । 

UMl_sukhani31678012148.jpg

माओवादीको शसस्त्र युद्ध गरेको कारण राजतन्त्र हटेको र गणतन्त्र आएको भन्ने दावी गर्ने गरेको भए पनि त्यो सत्य नभएको ओलीले बताए । 

‘नेपालमा के प्राप्तिको लागि मान्छे मारिए ? बहुदलीय व्यवस्था आएकै थियो । आज गणतन्त्रका लागि भनिन्छ । ०६३ सालको सुरूमा द्वन्द्व र हिंसा समाप्त भयो । ६५ सालमा गएर संविधान सभाले राजतन्त्र हटायो भने जनयुद्धले त हटाएन होला ? संविधानसभाकै लागि १६ हजार मान्छे मर्नुपर्छ र ?’, ओलीले भने । 

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १६:०३
प्रतिक्रिया दिनुहोस्