राजतन्त्र पुनःस्थापना असम्भव छः संयोजक बास्तोला

आइतबार, फागुन २१, २०७९

काठमाडौँ –नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले नेपालमा राजतन्त्र पुनः स्थापना असम्भव भएको बताएका छन् ।

शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले आइतबार काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, सहिद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै संयोजक बास्तोलाले राजतन्त्र पुनःस्थापना हुने सम्भावना नभएको बताएका हुन् ।

उनले जसले जति नारा लगाएपनि राजतन्त्र नफर्किने उल्लेख गरे । देशमा अधुरा रहेका क्रान्ति सम्पन्न गर्नका लागि सबै कम्युनिष्ट शक्तिहरू मिल्नुपर्ने उनको भनाइ छ । उनका अनुसार वैज्ञानिक समाजवाद स्थापनाका लागि कम्युनिष्ट पार्टीहरु एकजुट हुनुपर्छ ।

संयोजक बास्तोलाले राजतन्त्र फर्किनका लागि नेपाल १५ औँ शताब्दीको बेलायत नभएको टिप्पणी पनि गरे ।

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १४:५७
प्रतिक्रिया दिनुहोस्