देशको पक्षमा उभिन सक्ने सामर्थ्य प्रचण्डमा छैन : महासचिव पोखरेल

आइतबार, फागुन २१, २०७९

काठमाडौँ–नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रचण्ड देशको पक्षमा उभिन नसक्ने प्रधानमन्त्री भएको टिप्पणी गरेका छन् ।

२४ औंँ यदु स्मृति दिवसका अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले देशको स्वाधिनता, साम्राज्यवाद, सामन्तवाद आन्दोलनको नेतृत्व गरेको व्यक्ति देशको बारेमा फैसला गर्न उभिन सक्ने अवस्थामा नरहेको टिप्पणस् गरे ।

पार्टीभित्रको अन्तरसंघर्षमा सही विचारलाई निषेध गरेकै कारण प्रचण्डले अहिले बिडम्वनापूर्ण राजनीतिको यात्रा गर्नुपरेको उनको जिकिर छ ।

चलाखीका साथ देशको नेतृत्व प्राप्त गरे पनि देशलाई सहि बाटोमा हिँडाउने सामर्थ्य प्रचण्डमा नरहेको दाबी गर्दै महासचिव पोखरेलले भने, ‘प्रचण्डले ५ दलीय गठबन्धन असफल भइसकेपछि त्यसबाट देशलाई जोगाउन माओवादीसँग सहकार्य गरेको तर अहिले राष्ट्रपतिका विषयमा सहकार्य तोडेर हिड्नु भएको छ ।’

देशमा आर्थिक संकट बढेको बेलामा नयाँ सरकार बनेपछि देशको आर्थिक अवस्था सुधार भएपनि अहिले पुनः समस्या देखिएको उनको भनाइ छ ।

महासचिव पोखरेलले विदेशी चलखेलका कारण देशमा नयाँ समीकरण बनेको भन्दै त्यो राष्ट्र र जनताको पक्षमा नरहेको दाबी गरे ।

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १४:४१
प्रतिक्रिया दिनुहोस्