एक खेलअघि नै किरणको पञ्जाब एफसी बन्यो च्याम्पियन

आइतबार, फागुन २१, २०७९

काठमाडौँ – नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरण चेमजोङको क्लब पञ्जाब एफसीले भारतीय आई–लिगमा एक बाँकी हुँदै उपाधि पक्का गरेको छ ।

शनिबार राजस्थान युनाइटेडलाई ४–० ले हराउँदै किरणको टिमले भारतीय आई–लिगको उपाधि जितेको छ । 

यस जितसँगै पञ्जाब एक खेल आगावै लिग विजेता बन्न सफल भएको हो । पञ्जाबले २१ खेलबाट ४९ अंक जोडेको छ । जुन दोस्रो स्थानको श्रीनीधी डेकनभन्दा सात अंकले माथि हो । श्रीनीधी डेकनले दुई खेल खेल्न बाँकी छ । श्रीनीधीले दुवै खेल जिते पनि र पञ्जाबले अन्तिम खेल हारे पनि पञ्जाब एक अंकले माथि हुन्छ ।

पञ्जाबले २०१७÷१८ पछि पहिलोपटक उपाधि जितेको हो । यसअघि गोकुलम केरलाले उपाधि जितेको थियो ।

 


 

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १२:४४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार