एएफसी यू–२० महिला एसियन कप छनोट खेल्ने नेपाली टिमको बिदाइ

आइतबार, फागुन २१, २०७९

काठमाडौँ –एएफसी यू–२० महिला एसियन कप–२०२४ को छनोट प्रतियोगिताका लागि नेपाली युवा राष्ट्रिय महिला फुटबल टिमको बिदाइ गरिएको छ ।

प्यालेस्टाइनमा हुने छनोटका लागि आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा नेपाली टिमको बिदाइ गरिएको हो । नेपाल छनोटको समूह ‘बी’ मा छ । यो समूहमा नेपालसँगै घरेलु टिम प्यालेस्टाइन, नर्दन मारियाना टापु र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् ।

नेपालले मार्च ८ मा घरेलु टिम प्यालेस्टाइनविरुद्ध खेल्दै छनोटको सुरुआत गर्नेछ । मार्च १० मा नेपालले नर्दन मारियाना टापुको सामना गर्नेछ । र, मार्च १२ मा नेपालले पहिलो चरण छनोटको अन्तिममा यूएईविरुद्ध खेल्नेछ । 

समूहको शीर्ष स्थानमा रहने टिमले छनोटको दोस्रो चरणमा स्थान बनाउनेछ ।

छनोटका लागि नेपाली टिमको मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरिसकेका छन् ।

यस्तो छ नेपाली टिम

गोलकिपर : कविता विक, सावित्री किसन, लिला जोशी

रक्षक : सविना चौधरी, हिमा रावत, सरु हमाल, सुनिता भुलन, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ

मिडफिल्डर : तुलसा बोहरा, जेनिफर राना, साराह बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली मचामसी, सरस्वती हमाल, दीपा शाही

फरवार्ड : गरिमा राई, अमिषा कार्की, ममता पुन, सन्दीपा भोलन
 

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १२:१७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार