८ दलीय गठबन्धनले रोक्यो सांसदहरूको अभिमुखीकरण भेला

आइतबार, फागुन २१, २०७९

काठमाडौं– ८ दलीय गठबन्धनले राष्ट्रपति चुनावलाई लक्षित गरेर आयोजना गरेको सांसदहरूको अभिमुखीकरण भेला स्थगित गरेको छ । 

निर्वाचन आयोगले लागू गरेको निर्वाचन आचार संहितको कारण सांसदहरुको भेला रोक्नु परेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

८ दलीय गठबन्धनले फागुन २४ गते सा‌ंसदहरुकाे भेला आयोजना गर्न लागेकाे थियाे । 

फागुन १७ गतेबाट नै निर्वाचन आयाेगले राष्ट्रपति निर्वाचनकाे आचारस‌ंहिता लागू गरेकाे छ । 

 

 

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  ११:४४
प्रतिक्रिया दिनुहोस्