नवलपरासीमा ग्लोबल आइएमई बैंकको काउन्टर खुल्यो

शनिबार, फागुन १३, २०७९

काठमाडौँ –ग्लोबल आइएमई बैंक लिमिटेडले नवलपरासीको विनयी–त्रिवेणी गाँउपालिका –४, सर्दीमा बैंकको ६४औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । 

सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंक दुम्कीबास शाखाको मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो ।

यस एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन् ।

ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  १२:४५
प्रतिक्रिया दिनुहोस्