महिला आईपीएलका लागि ५ नेपाली महिला खेलाडीको नाम सिफारिस

मंगलबार, माघ २४, २०७९

काठमाडौँ – भारतमा हुने महिला आईपीएल क्रिकेट (वुमन्स प्रिमियर लिग, डब्लूपीएल)को अक्सनका लागि नेपालका ५ खेलाडीको नाम सिफारिस भएको छ ।

डब्लूपीएल भारतमा पहिलो पटक आयोजना हुन लागेको हो ।

राष्ट्रिय महिला टिमकी कप्तान रुविना क्षेत्रीसहित सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर र अस्मिना कर्माचार्यको नाम डब्लूपीएलका लागि सिफारिस भएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले ५ खेलाडीको नाम सिफारिस गरेर भारतीय क्रिकेट बोर्डमा पठाएको छ ।

डब्लूपीएलका लागि १३ फेब्रुवरीमा अक्सन हुँदैछ । भारतीय क्रिकेट बोर्ड बीसीसीआईका अनुसार अक्सनका लागि १ हजार ५०० खेलाडीको नाम दर्ता भएको छ ।

डब्लूपीएल आगामी ४ मार्चदेखि २६ सम्म मुम्बईमा हुनेछ । जसमा ५ टिमले प्रतिस्पर्धा गर्नेछन् । डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल २२ खेल हुनेछ ।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १६:००
प्रतिक्रिया दिनुहोस्