सुनचाँदीको मूल्य स्थिर

मंगलबार, माघ २४, २०७९

काठमाडौँ –साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ४ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला १ लाख ४ हजार १ सय रूपैयाँमै कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि मंगलबार स्थिर रहेर १ हजार ३२० रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।


 

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १२:३९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार