टर्की भूकम्पमा परी मृत्यु हुनेकाे संख्या ३ हजार ८ सय नाघ्याे 

मंगलबार, माघ २४, २०७९

काठमाडाैँ – टर्कीमा गएकाे शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेकाे संख्या ३ हजार ८ सय माथि पुगेकाे छ । साेमबार टर्कीमा शक्तिशाली भूकम्प गएकाे थियाे । 

टर्की केन्द्रबिन्दु बनाएकाे भूकम्पकाे असर सिमावर्ति देशमा पनि परेकाे छ । हालसम्म टर्की र सिरियामा गरी मृतकको संख्या ३ हजार ८ सय नाघेको हो। 

भूकम्पले टर्कीमा मात्र हालसम्म २ हजार ३ सय ७९ जनाको ज्यान गएको छ भने ११ हजार जना घाइते भएको खबर छ।

७.८ म्याग्निच्युडको भूकम्पले मध्यपूर्वका चार देश टर्की, सिरिया, लेबनान र इजरायल हल्लाएको थियो।  त्यहाँको सरकारले ७ दिने राष्ट्रिय शोकको घोषणा गरेको छ। 

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  ०८:२५
प्रतिक्रिया दिनुहोस्