अनन्त थापा भइन् राष्ट्रिय महिला फुटबल टिमको प्रमुख प्रशिक्षक

आइतबार, माघ १५, २०७९

काठमाडौँ –अखिल नेपाल फुटबल संघ (एन्फा)ले भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि अनन्तराज थापालाई राष्ट्रिय महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । 

नेपालले भारतसँग फेब्रुअरी १३ र २५ मा भारतसँग मैत्रीपूर्ण खेल खेल्दै छ । थापा घरेलु फुटबलमा विभागीय टिम नेपाल पुलिसका प्रशिक्षक रहँदै आएका छन् । घरेलु फुटबलमा ए डिभिजन क्लब नेपाल पुलिसको प्रशिक्षक रहेका अनन्तलाई एन्फाले भारतसँगको खेलका लागि मात्रै प्रशिक्षक नियुक्त गरेको हो ।

एन्फाले सहायक प्रशिक्षकमा गंगा गुरुङलाई नियुक्त गरेको छ भने सुरुज कुमार लामाले गोलकिपर प्रशिक्षकको जिम्मेवारी पाएका छन् ।

यस्तै राष्ट्रिय टिमको व्यवस्थापक विन्द्रा देवान नियुक्त भएकी छन् । आइतबार एन्फा मुख्यालयमा एन्फा महासचिव किरण राईले थापालाई नियुक्ती पत्र प्रदान गरे ।


 

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १६:३९
प्रतिक्रिया दिनुहोस्