एपीएफले जित्यो टाइगर कपको महिलातर्फको उपाधि

शनिबार, माघ १४, २०७९

पोखरा –पोखरामा सञ्चालित टाइगर कप भलिबलको महिलातर्फको उपाधि विभागीय टोलीले हात पारेको छ । अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले दोस्रो पटक उपाधि जितेको हो ।

एपीएफले आर्मीलाई पहिलो सेटमा २५–२० को स्कोरमा पराजित ग¥यो । दोस्रो सेटमा भने आर्मीले एपीएफमाथि २५–२२ को जित निकाल्यो ।

तर, तेस्रो सेटमा २५–८ र चौथो सेटमा २५–२२ को स्कोर निकालेपछि एपीएफ विजयी भयो । उपाधिसँगै एपीएफले ५ लाख रुपैयाँ र उपविजेता आर्मीले २ लाख ५० हजार रुपैयाँ पाएको छ ।

डिफेन्डिङ च्याम्पियनसमेत रहेको एपीएफ र आर्मी गत वर्ष सञ्चालित टाइगर कपको दोस्रो संस्करणमा पनि फाइनलमा भिडेका थिए । त्यतिबेला एपीएफले आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै च्याम्पियन बनेको थियो । यसपटक आर्मीलाई बदला  लिने अवसर थियो तर एपीएफले नै दुबै पटक जित हासिल ग¥यो ।

महिलातर्फ न्यू डायमन्डले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित तेस्रो स्थान सुरक्षित ग¥यो । न्यू डायमण्डले १ लाख २५ हजार रुपैयाँ र चौथौं गण्डकी प्रदेशले ६५ हजार रुपैयाँ पाएको छ ।

पुरुषतर्फ पुलिस तेस्रो

टाइगर ग्रुप अफ पोखराले आयोजना गर्दै आएको महिला पुरुष टाइगर कपको पुरुषतर्फ नेपाल पुलिस क्लबले तेस्रो स्थान हात पारेको छ ।

पुलिसले साविक विजेता त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो । पोखरा रंगशालााको भलिबल कोर्टमा तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा आर्मीले पहिलो सेट २५–२२ अंकको जित निकाल्यो ।

तर, त्यसपछिका ३ सेट लगातार गुमाउन पुग्दा चौंथोमा सीमित हुन पुग्यो । पुलिसले दोस्रो सेट १८–२५, तेस्रो सेट २१–२५ र चौथो २०–२५ अंकले जित निकाले हो ।

तेस्रो भएको पुलिसले १ लाख २५ हजार रुपैयाँ प्राप्त गरेको छ । चौथो भएको आर्मीले ६५ हजार रुपैयाँमा पाएको छ ।

प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १४:५६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार