पहिलो एक दिवसीयमा दक्षिण अफ्रिकाद्वारा इङ्ल्यान्ड पराजित

शनिबार, माघ १४, २०७९

काठमाडौ –पहिलो एकदिवसीय क्रिकेटमा घरेलु टोली दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई हराएको छ ।

गएराति भएको खेलमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई २७ रनले हराएको हो । दक्षिण अफ्रिकाले दिएको २ सय ९९ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ४४ ओभर २ बलमा २ सय ७१ रनमा अलआउट भयो ।

त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९८ रन बनाएको थियो ।

जितसँगै तीन खेलको शृङ्खलामा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ । यी दुई देशबीचको दोस्रो खेल आइतबार हुनेछ ।


 

प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  ११:२३
प्रतिक्रिया दिनुहोस्