७२ वर्षीया सासुको हत्या गरेको अभियोगमा बुहारी पक्राउ

बुधबार, पुस २०, २०७९

सिरहा– आफ्नै सासुको हत्या गरेको अभियोगमा उनकै बुहारीलाई प्रहरीले पक्राउ गरेको छ ।

 

बुधबार बिहान प्रहरीले आफ्नै सासु ७२ वर्षीया दरपी कोइरीको हत्या गरेको अभियोगमा उनकै बुहारी धनगढीमाई नगरपालिका–६ मोतियाही टोल बस्ने ४२ वर्षीया चन्दा देवी महतोलाई पक्राउ गरेको हो । 

 

नेपाल प्रहरीले दिएको जानकारी अनुसार महतोले बाँसको भाटा प्रहार गर्दा कोइरीको घट्नास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

 

यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १८:३६
प्रतिक्रिया दिनुहोस्