नेपाल टी-२० सुरु, काठमाडौँ नाइट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै

शनिबार, पुस ९, २०७९

काठमाडाैँ-

 

नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक आयोजना गरेको नेपाल टी–२० लिग सुरु भएको छ । उद्घाटन खेलमा काठमाडौँ नाइट्स र पोखरा एभेन्जर्स भिड्दै छन् । पोखराले टस जितेर फिल्डिङ गरिरहेको छ ।

 

काठमाडौँका कप्तान नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल छन् भने पोखराको कप्तान शरद भेषावकर छन् ।

 

विभिन्न कारणले पटकपटक स्थागित भएको नेपाल टी–२० लिग आजबाट कीर्तिपुरस्थित टियु मैदानमा सुरु भएको हाे । शुक्रबार नै सुरु भनिएको प्रतियोगिता विदेशी खेलाडीको श्रम स्वीकृति आउन ढिला भएपछि १ दिन पछि सरेको थियो ।

 

यस्तै, आजै हुने दोस्रो खेलमा दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको लुम्बिनी अल स्टार र विनोद भण्डारीको कप्तानीमा रहेको फार वेस्ट युनाइटेड भिड्ने छन् ।

 

प्रतियोगितामा जनकपुर रोयल्स, काठमाडौँ नाइट, पोखरा एभेन्जर्स, लुम्बिनी अल स्टार्स, फार वेस्ट युनाइटेड र विराटनगर सुपर किंग्स गरी ६ टिम सहभागी छन् ।

 

च्याम्पियनले ५५ लाख रुपैयाँ पुरस्कार पाउने छ भने उपविजेता हुनेले ३० लाख पाउने छ । तेस्रोले १० लाख र चौथो टिमले ५ लाख रुपैयाँ प्राप्त गर्ने क्यानले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ लाख र उदीयमान खेलाडीलाई १ लाख ८० हजार रुपैयाँ पुरस्कारकाे व्यवस्था गरिएकाे छ ।

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  १०:३०
प्रतिक्रिया दिनुहोस्